भैरहवाको कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

रुपन्देही । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदीप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी सेवा शुभारम्भ गरेका हुन् ।

बैंकका अनुसार अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वामोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी/फलफूलको रकम भुक्तानी गर्न सक्ने छन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदीप फुयाँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख, यज्ञप्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लीला प्रसाद ओझा नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दीपक सहानीको उपस्थिति थियो ।

उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्नतरकारी÷फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवातसमेत गरेका थिए ।

प्रतिक्रिया