राष्ट्रिय खाद्य बैंकको स्थापना

काठमाडौं । राष्ट्रिय खाद्य बैंकको स्थापना भएको छ । निजी क्षेत्रको २ अर्ब रुपैयाँको लागनीमा उक्त बैंकको स्थापना भएको हो । कृषि पेशा तथा व्यवसायीलाई अझ बढी उत्पादनमूखी बनाउँदै देशलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले खाद्य बैंकको स्थापना गरिएको उक्त बैंकले पत्रकार सम्मेलन गरी सोमबार जानकारी दिएको हो ।

देशका ७७ ओटै जिल्लामा बैंकले आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । १ सय ५० जनाभन्दा बढी कृषि विज्ञको लगानीमा ४ महिनाअघि बैंकको स्थापना गरिएको र बैंकसँग २ सय जनाभन्दा बढी कृषि प्राविधिकहरु संलग्न रहेको जनाइएको छ ।
बैंकले खाद्यान्न, गेडागुडी, तरकारी, फलफूल, दही, माछा, मासु, चिया, जडिबुटीलगायत उत्पादन र व्यवस्थापन गर्ने जानकारी दिएको छ । बैंले जग्गा भाडामा लिएर तथा चक्लाबन्दी गरेर खेती गर्नेसमेत जानकारी दिएको छ ।

कृषिमा रोजगारी बढाउने र कृषिमार्फत देशलाई समृद्ध बनाउन उदेश्य रहेको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए ।
बैंकमा ४ सय ९१ जना प्रवद्र्धक सेयर सदस्य रहेका छन । यसलाई विस्तार गर्दै केही वर्षमा नै साधारण सेयर जारी गर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया