वृज सिमेन्टद्वारा नेपाल स्टारका उत्कृष्ट सिद्धान्त खड्कालाई सिमेन्ट प्रदान

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारित सांगीतिक कार्यक्रम नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन वृज सिमेन्ट उपलब्ध गराएको छ ।

उक्त कार्यक्रम मार्फत घोषणा गरेको कार्यक्रममा गायक सिद्धान्त खड्काको सम्पूर्ण आवास निर्माणका लागि चाहिने सिमेन्ट वृज सिमेन्टले उपलब्ध गराइदिने कम्पनीका कार्यकारी निर्देशक मोहित केडियाले प्रतिबद्धता जनाएका थिए ।

सिद्धान्त खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरी उत्कृष्ट छैटौं स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । नेपाल स्टारको पावर प्याक गायकको रुपमा सिद्धान्त खड्कालाई निर्णायकले लिएका थिए ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले उनको झापा जिल्लाकोे केर्खामा अवस्थित आफ्नै निवासमा उद्योगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको हो ।

उक्त सहयोग पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले प्रदान गरेको हो । पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुदएवं साँस्कृतिकउत्थानको लागिकार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको गैर नाफामुलक सामाजिक संस्थाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया