ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आइपिओ स्वीकृत
मकालु खबर
२०७७ फागुन ९ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति दिएको छ ।
उक्त कम्पनीलाई प्रतिकित्ता ६६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ६६ लाख कित्ता प्राथमिक सेयर निष्कासनको स्वीकृति बोर्डले दिएको हो ।
शेयर निष्काशनका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले कुल चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको शेयर सर्वसाधारणका लागि जारी गर्न स्वीकृति दिएको हो ।
कम्पनीले ७ मागमा उक्त आइपिओ निष्कासनका लागि स्वीकृति दिएकाे हाे ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977058827″ /]
मकालु खबर
२०७७ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित