संखुवासभा जाँदै प्रचण्ड-नेपाल

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल संखुवासभा जाँदैछन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न अध्यक्षद्वय दिउँसो त्यहाँ जान लागेका हुन् । नेता योगेश भट्टराईका अनुसार दुवै अध्यक्षले दिउँसो पार्टीको संखुवासभा जिल्ला कमिटीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने सो समूहले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्काेको चर्काे आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया