सिद्धार्थ बैंकद्वारा गोंगबुका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गोंगबु क्षेत्रका होटल व्यवसायी संघ सँग आवद्ध ५० होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार गोंगबु शाखा प्राङ्गणमा एक समारोह आयोजना गरी बैंकले क्युआर कोड हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मीनबहादुर चौलागाईं, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा शम्भु नाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन् ।

उक्तक्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मार्फत साना तथा मझौला उद्यमी डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया