ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना भुक्तानी सेवा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवनको ट्राफिक जरिवानाबापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनु पर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखाकार्यालय बाट बुझाउन सकिने बैंकले जाएको छ ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका हुन् । ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समय समयमा यस किसिमका योजनाल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले सरल सेवा प्रदान गर्ने बताए ।

प्रतिक्रिया