इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले हवाई भाडा बढाउने भएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाउने निर्णय गरेको हो।

‘नेपाल आयल निगमले मिति २०७७।१०।११ गते राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेकाले यससंघसँग आबद्ध वायुसेवा कम्पनीहरूले मिति २०७७।११।।०८ गतेदेखि नयाँ इन्धन भाडा लागू गर्ने निर्णय गरेको छ‚’ शुक्रबार संघले जारी गरेको विज्ञप्तिमा लेखेको छ।

संघले माउन्टेन उडानमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं– पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ इन्धन चार्ज बढेको छ।

प्रतिक्रिया