प्रदेश २ प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा रौतहटका झा नियुक्त भएका हुन् ।

मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् ।

परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।

No description available.

प्रतिक्रिया