फागुन पहिलो साता २६ सयले सस्तियो सुन

काठमाडौं । फागुनको पहिलो साता छापावाल सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ सस्तो भएको छ । फागुन २ गते आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन साताको शुक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको छ । सुनको मूल्य आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिने तोकिने गरेको छ ।

त्यस्तै फागुन २ गते ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसरी तेजाबी सुनको मूल्य पनि २ हजार ५ सय ५० रुपैयाँले सस्तिएको छ ।

चाँदी पनि सातामा प्रतितोला ३० रुपैयाँ सस्तो भएको छ । फागुन २ गते आइतबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।

यस्ताे छ साताकाे मूल्य 

प्रतिक्रिया