ग्रिनलाइफ हाइड्रोको सेयर बाँडफाँट, सबा ३ लाखलाई १०/१० कित्ता

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार शुक्रबार बिहान भएको बाँडफाँट अनुसार आवेदक मध्ये ३ लाख २५ हजार १ सय ६३ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै, भाग्यशाली २ जनाले गोलाप्रथाबाट ११/११ कित्ता सेयर पाएका छन् ।

कुल १३ लाख २२ हजार ९७१ जनाले कम्पनीको आइपिओका लागि आवेदन दिएका थिए ।  २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । त्यसमध्ये १२ लाख १९ हजार ५९ जना आवेदकको आवेदन मात्र सदर भएको थियो ।

कम्पनीले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेकाे थियाे ।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीका लागि बाँडफाँट गरिएको छ।

त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।

प्रतिक्रिया