‘सत्ता होइन, सत्य प्रधान हुन्छ’ [भिडिओसहित]
२०७७ फागुन ६ गते
![‘सत्ता होइन, सत्य प्रधान हुन्छ’ [भिडिओसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/YogeshKumar_Bhattarai_MakaluKhabar.png)
|नेता योगेशकुमार भट्टराई। तस्वीरः मकालु खबर|
काठमाडौँ । विपक्षी नेकपाका नेता तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले सत्ता नभइ सत्य प्रधान हुने बताएका छन् । बिहीबार टुँडिखेलको मानव साङ्लो निर्माण कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध अहिले नागरिकसम्म स्वतःस्फूर्त सडकमा रहेको बताउँदै नेता भट्टराईले भनेका छन्, ‘मान्छे कहाँ कति छन् भन्नेभन्दा पनि सत्य कता छ भन्ने कुरा प्रधान हुन्छ । सत्ता कता छ भन्ने त्यो ठूलो कुरा हुँदैन ।’
यस्तै नेता भट्टराईले आफ्नो पार्टीले प्रतिगमनविरुद्ध अझै शृङ्खलाबद्ध आन्दोलनको घोषणा गर्ने बताए ।
२०७७ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित








