कांग्रेसको महाधिवेशन भदौमा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौमा गर्ने भएको छ। केहीबेर अघि केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले भदौ ७ देखि १० गतेसम्ममा महाधिवेशन गर्ने निर्णय गरेको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। पौडेल र सभापति शेरबहादुर देउवाबीच भएको सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ। कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। तीन घण्टा ढिलो गरी बैठक सुरू भएको छ।

प्रतिक्रिया