८० करोडको ‘कुमारी इक्वीटी फण्ड’ फागुन १४ गतेदेखि निष्काशन हुँदै

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवसस्थापन र कुमारी बैंकको प्रवर्द्धनमा १० बर्षे बन्दमुखी योजना रहेको रु. १० अकिंत दरको ८ करोड इकाइको ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन हुने भएको छ । यसमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवर्द्धन कुमारी बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई १४ फागुन शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरिने कुमारी क्यापिटलले जनाएको छ ।

योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटलले इक्रा नेपाल बाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ । योजन सुर्य प्रसाद कोइराला, भरत राजपोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकको सुपरिवेक्षणमा सञ्चालन हुने कुमारी क्यापिटलले जनाएको छ ।

योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमाइकाई बिक्रिबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको क्षेत्रमामा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गर्ने र लगानीकर्तालाई उच्च प्रतिफल सुनिश्चित गर्ने जनाएको छ । नेट एसेट भ्यालु रु. १० बाट सुरु भई अन्तिम वर्षसम्म रु २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।

उक्त फण्डको लाभाशं र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल २२ प्रतिश तप्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापक पक्षको धारणा छ ।

उक्त फण्डका इकाईहरु बाँडफाँड गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण तथा दर्ता गरी दोस्रो बजारमा कारोबार गर्ने समेत कम्पनीले जनाएको छ ।

यस फण्डका इकाइहरु खरिदका लागि न्युनतम १०० इकाई र अधिकतम ८० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापितल लिमिटेडले जनाएको छ ।

फागुन १४ देखि खुला गरिने उक्त फण्डका इकाइ खरिदका लागि २८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया