ओपोे ए १५ एस मोबाइल फोन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ एस सार्वजनिक गरेको छ । बृहत्त सञ्चय(मेमोरी) क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए १५ एसले प्रयोगकर्तालाई अवरोध(ह्याङ) नभई सञ्चालन भई सेवा दिने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताको मागलाई ध्यान दिँदै ओपो ए १५ एसमा बृहत्त सञ्चय क्षमताका साथमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । हत्केलामा फोन बोक्दा सहज हुने गरी पातलो र स्लिक आकर्षक डिजाइनमा बजारमा उक्त फोन ल्याएको कम्पनीले जनाएको छ । ६.५२ इन्चको स्क्रिन, फोटोग्राफीका लागि एआई ट्रिपल क्यामेरा जस्ता सुविधा रहेको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।

‘मनोरञ्जन पाउने र सामाजिक सञ्जालसँग जोडिनु पर्ने प्रयोगकर्ताको आवश्यातालाई ध्यान दिएर उपयुक्त उपकरणका रुपमा ओपो ए १५ एस उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ,’ ट्राओले भने, ‘अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत्त सञ्चय क्षमताका साथै ठूलो स्क्रिन उपलब्ध गराएका छौँ ।’

ओपो ए १५ एसमा तीब्र ‘रिड एण्ड राइट’ गतिका लागि ४ जीबी ¥याम र ह्याङ नभई चल्न सक्ने गरी ६४ जीबीको मेमोरी क्षमता रहेको छ । आवश्यकता अनुसार २५६ जीबी सम्म मेमोरी बढाउन सकिन्छ । अक्टा(कोर चिपसेट, मिडियाटेक हेलियो पी ३५ जस्ता विशेषता फोनमा रहेको छ । व्याट्रि खपत कम गर्ने, शक्तिशाली हार्डवेयर, ओपो ए १५ एस मा मेमोरी डिफ्रागमेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन उपलब्ध रहेको जनाएको छ । यसले कार्य क्षमतामा ५ प्रतिशत बढाउने कम्पनीले जनाएको छ ।

फागुन ४ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्रमार्फत नयाँफोन ए १५ एस देशभर उपलब्ध गराइएको छ । कम्पनीले जनाएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहनाअनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए १५ एसको बजार मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण राखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया