सेयर बजार ९.९४ अंकले बढ्यो, २६ सयबाट उकालो लाग्दै

काठमाडौं । मंगलबार २६ सय अंकको विन्दु पार गरेको नेपालको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेजन्ज (नेप्से) बुधबार पनि उकालोकै यात्रामा देखियो । बुधबार परिसूचक ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको छ ।

बुधबार ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँमा २ सय ३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन बैंक, व्यापार, विकास बैंक, म्युचुअल फण्ड र अन्यबाहेकका अरु समूह सूचक घटेका छन् ।

बुधबार नेपाल पूर्वाधार बैंक (निफ्रा)को शेयर मूल्य सबैभन्दा बढी ९.९६ प्रतिशतले बढेको छ । योसहित कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय ऊर्जा विकास कम्पनी, समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

सबैभन्दा बढी निफ्राको ६९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नविल बैंकको ४१ करोड, ग्लोबल आइएमइको ३६ करोड, नेपाल बैंकको ३५ करोड, नेको इन्स्योरेन्सको २६ करोड, प्रभु लाइफको २५ करोडको सेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया