मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

फेरि बढ्यो पेट्रोलियमकाे मूल्य

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । अझै निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ ।

मट्टीतेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा रहेको निगमको दाबी छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको निगमले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...