पूर्वाधार विकास बैंकले प्रदेश १ को परियोजना विकासमा सघाउने समझदारी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नम्बर १ को पूर्वाधार विकासमा लागानी गर्ने भएको छ । सार्वजनिक–निजी साझेदारी(पीपीपी) मोडलमा प्रदेश १ को पूर्वाधार विकासका लागि परियोजना विकास र कार्यान्वयनमा सहकार्य गर्ने विषयमा उक्त प्रदेशको सार्वजनिक निजी साझेदारी तथा लागानी प्राधिकरण र बैंकबीच मंगलबार सम्झदारी भएको हो ।

प्रदेश १ मा रहेका सम्भाव्य पूर्वाधार परियोजनाहरुको पहिचान, परियोजना विकासका लागि वित्तीय तथा प्राविधिक विश्लेषण तथा योजना तयार पार्ने, परियोजनाको बजारीकरण र विकासकर्ता कम्पनी छनोट, स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन सहितका आवश्यक प्राविधिक सहयोग र सहकार्यका लागि उक्त सम्झौता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले मकालु खबर  बताए ।

समझदारी पत्रमा बैंकका तर्फबाट सिइओ खतिवडा र प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइरालाले हस्ताक्षर गरे ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको उक्त समझदारी कार्यक्रममा निर्देशक डा. कोइरालाले प्रदेश १ का सम्भाव्य आयोजनाहरुमा कोसी रिफ्रेसमेन्ट सेन्टर, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइबटाइजेशन परियोजना, बीमा बाम्बो परियोजनालगायत परियोजनाको प्रारम्भिक अध्ययन समेत भइसकेको बताए ।

 

प्रतिक्रिया