महालक्ष्मी लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षले लिए सपथ

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नवनिर्वाचित अध्यक्ष मनोरञ्जनरमण शर्मालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । बीमा समितिको कार्यालयमा अध्यक्ष शर्मालाई सिलवालले सपथ ग्रहण गराएका हुन् ।

कम्पनीको नव निर्वाचित संचालकको बैठकले शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको हो ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।

साधारण सभा सम्पन्न भइसकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि शर्मालाई अध्यक्षमा मनोनयन गरेको हो ।

 

 

प्रतिक्रिया