लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोन लोन सेवा

काठमाडौं । लक्ष्मी बैंकले एफ् वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । यस सेवा अन्तगर्गत योग्य ग्राहकले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम २ लाख रूपैयाँसम्मको कर्जा लिन सक्ने बैंकले जनाएकाे छ ।

बैंकका अनुसार कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकका लागि हुने बताइएके छ भने विस्तारै यो सेवा अन्य ग्राहकका लागि उपलब्ध गराउदैँ लगिने योजना छ ।

आफ्ना सेवालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

यो कर्जा पूरै डिजिटल मैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पूर्व स्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने वित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था छ ।

 

प्रतिक्रिया