महालक्ष्मी लाइफले ६० कराेडकाे शेयर निष्काशन गर्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रूपैयाँ बराबरकाे शेयर निश्काशन गर्ने निर्णय गरेको छ । कम्पनीकोको समेमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।

सभामा अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराए ।

सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्यो ।

सभामा संस्थापकको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।

 

 

 

प्रतिक्रिया