नेप्सेमा ९२ अंकको छलाङ, परिसूचक २६ सय अंक नजिक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ९२.४२ अंकले बढेको छ । सोमबारको कारोबारपछि परिसूचक २५८६ अंकमा पुगेको छ ।

सोमबार १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६ सय ६९ रुपैयाँमा २ सय ५ ओटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १ सय ५७ कित्ता सेयर बारोबार भएको छ ।

सोमबार सबै कम्पनीका समूहगत परिसूचक पनि हरिया भए । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६९७.९१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको सूचक पनि ४४७.४४ अंकले उकालो लागेको छ ।

सोमबार ११ ओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेपछि सकारात्मक सर्किट लागेको छ । २६ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

सबैभन्दा बढी कमाउने कम्पनीहरुमा किसान लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थालगायत रहेन छन् ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ७० करोडको सेयर कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ६८ करोड, छिमेक लघुवित्तको ४७ करोडको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया