स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन

काठमाडाैं । स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन परेकाे छ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अर्थात् स्टार्टअप आइडिया कल कार्यक्रममा ८७० जनाको आवेदन परेकाे हाे ।

यस्तै आइडिया पठाउने समय १५ दिन थप गरिएको जानकारी दिइएकाे छ । बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफ्नाे आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपका लागि अनुरोध गरेबमोजिम १५ दिन म्याद थप गरी फागुन १५ गतेसम्मकाे अवधि राखिएकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

गत मंसिर २४ गतेबाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी नि:शुल्क तालिम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरुमा उत्साह थपिएको बताए ।

प्रतिक्रिया