शेयरबजार राताम्य

काठमाडाै‌ । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार ३३.३३ अंकले घटेको । म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा गिरावट आएपछि सेयर बजार परिसूचक नेप्से २४९३.५९ बिन्दुमा झरेको हो ।

आइतबार सबैभन्दा धेरै बीमा समूह २३३ अंकले घटेको छ । यस्तै, लघुवित्त ७८.८, निर्जिवन ७७.३५, बैकिङ २०.७१ अंकले घटेको छ ।

आज ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँको १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार बजार घटेपनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, बरुण हाइड्रोपावर कम्पनी लागयत कम्पनीका लगानीकर्ताले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, माउन्टेन हाइड्रोपावर, सुर्योदय लघुवित्त कम्पनी र तारागाउँ रिजेन्सी होटल लगायत कम्पनीका लगानीकर्ताले धेरे गुमाएका छन् ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ५२ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दोश्रो स्थानमा नेपाल बैंक रहेको छ ।

प्रतिक्रिया