माछा मार्दा करेन्ट लागेर मृत्यु
२०७७ माघ २९ गते

प्रतिकात्मक तस्विर
अछाम । मेल्लेख गाउँपालिका-३ दर्वास्थित काशीगाड खोलामा माछा मार्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर सोही ठाउँ बस्ने २५ वर्षीय खेम बुढाको बुधबार दिउँसो मृत्यु भएको छ ।
खोलामा सोही ठाउँ बस्ने धिरेन्द्र साहले माछा मार्नको लागि बिछ्याएको विजुलीको तारबाट करेन्ट लागि गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बगुडामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाकाे अनुसन्धानका लागि धिरेन्द्र साहलाई पक्राउ गरिएकाे र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
२०७७ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








