शेयर बजार ८.६६ अंकले बढ्याे

काठमाडौं । नेपाली शेयर बजार बुधबार ८.६६ अंकले बढेको छ । फाइनान्स समुहमा लगानीकर्ताको चाप बढेसँगै नेप्से परिसूचक बढेर २५४३ विन्दु पार गरेको हो ।

बुधबार ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार फाइनान्ससहित होटल, बैंकिङ, निर्जीवन बीमा र विकास बैंकको उपसमूह बढेको छ । बाँकी ७ वटा उपसूहकको सूचक भने घटेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा ग्लोवल आइएमइ बैंक, प्रभु बैंक, कुमारी बैंक, शिखर इन्स्योरेन्स र एनसीसी बैंक छन् भने सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा गोर्खा फाइनान्स, गुहेश्वरी फाइनान्स, आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स र कुमारी बैंक छन् ।

बुधबारको कारोबारमा साधना लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ, बोटलर्स नेपाल तराइ र उन्नती सहकार्य लघुवित्त कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

प्रतिक्रिया