सिद्धार्थ बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिमा छुट

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख-कार्ड श्री रविन मल्ल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका तर्फबाट निर्देशक-बिक्री तथा बजार व्यवस्थापन प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि अन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत् होटल बसाईँ, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १०५ सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने बैंककाे विश्वास छ ।

प्रतिक्रिया