‘माई मोबाईल मनि’ प्रतियोगिताको नतिजा प्रकाशित

काठमाडाैं । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएकाे छ ।

प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ताका आधारमा विजयी भिडियोको निर्णय लिइएकाे थियाे । जसअन्तर्गत बिल भुक्तानी अन्तर्गत विराटनगरका लकेश दंगल र भक्तपुरका मन्दिप बखुन्छे विजयी भएका छन् । यस्तै बिल भुक्तानी अन्तर्गत नै पाेखराका विकास त्रिपठी पनि विजेता घाेषित भएका छन् ।

यस्तै कार्ड सेवा अन्तर्गत काठमाडाैंका सन्ताेष शाक्य, कार्डरहित नगद निष्काशन अन्तर्गत भक्तपुरका भुवन तिवारी र नगद ट्रान्सफर्स अन्तर्गत मुस्ताङका छेवाङ गुरूङ विजेता भएकाे बैंकले जनाएकाे छ ।

‘माई मोबाईल मनि’ प्रतियोगितामा सहभागीहरुले ५ वटा विभिन्न शिर्षकमा ३ मिनेटसम्मको १-१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागीहरुले प्रत्येक शिर्षकमा ५०,००० गरी कुल २ लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रबाट ४५० भन्दा बढी रेजिस्ट्रेसन मार्फत् निकै उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् |

प्रतिक्रिया