एनआईसीले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष योजना

काठमाडाैँ । एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्क’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअनुसार बैङ्कले लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईजीपी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्नेछ । जसअन्तर्गत डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत डिनरको लागि समावेश गरिने बैङ्कले जनाएको छ ।

योजना अवधिभर ५ सयभन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिने बैङ्कले जनाएको छ । साथै सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ ।

काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनका लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने बैङ्कले जनाएको छ । ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १÷१ जनालाई बैङ्कले थप आकर्षक उपहारको व्यवस्था पनि मिलाएको बताएको छ ।

त्यसैगरी, नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम सय जनालाई बैंकले सयको मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।

यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैङ्कको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश नगरिएको बैङ्कले जनाएको छ । यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैङ्कको छ ।

प्रतिक्रिया