पूर्वी नाकाबाट गोरुको अबैध तस्करी, ६७ गोरू सहित तीन ट्रक प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको पूर्बी नाकाबाट अबैध गोरुको तस्करी हुने गरेको फेला परेको छ । पछिल्लो केही समयता प्रहरीले गोरु नियन्त्रणमा लिएको थिएन । प्रहरीको टोलीले केरावारीबाट अबैध गोरु तस्करी भईरहेको सुचनाको आधारमा ६७ वटा गोरु सहित तस्करीमा संलग्न ब्यक्तिलाई फक्राउ गरेको छ। मोरङको केराबारी गाउँपालिका वडा नम्बर ५ सतिसालेमा गोरु लोड गरेको अबस्थामा तीन ट्रक सहित गोरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाका अनुसार ना.६ ख.६१३२, ना.६ ख.९७३४ र ना.५ ख.७७५७ नम्बरको ट्रकमा ६७ वटा गोरू फेला पारेको हो । अनुसन्धानको क्रममा उक्त गोरू सिन्धुपाल्चोक घर भएको ठेकेदार विश्व बस्नेत भएको डिएसपी थापाले जानकारी दिए । गोरु तस्करीमा संलग्न बस्नेत अबैध गोरु कारोबारी भएको प्रहरीले जनाएको छ । बस्नेतले गोरु ब्यवसाय गर्नको लागि केराबारी गाउँपालिका वडा नम्बर ८ का डोर बहादुर बिक सहित ९ जनाको ब्यवसाय गर्दाको रकम समेत नदिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक, चालक र गोरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको डिएसपी थापाले बताए ।

तस्करहरुले अबैध गोरुको ओसारपसारको लागि छोटी भन्सारहरु प्रयोग गर्ने गरेका छन् । यस अघि रंगेली तथा भाथिगछ लगायतका नाका प्रयोग गरेर गोरुको अबैध भारत तस्करी हुने गरेको स्थानीयले बताउँदै आएका थिए । रातीको समयमा नेपालबाट भारत तर्फ ठुलो संख्यामा गाई तथा गोरुको तस्करी हुने गरेको गुनासो आउँदै गरेको अबस्थामा प्रहरीले ६७ वटा गोरु सहित तीन वटा ट्क नियन्त्रणमा लिनुले प्रहरीको सक्रियता गोरु तस्करी नियन्त्रण तर्फ केन्द्रीत भएको स्थानीय बताउँछन् ।

तस्करहरुले नेपालबाट झापा र मोरङको नाका प्रयोग गरेर भारत हुँदै बंगलादेशसम्म गोरुको तस्करी गर्ने गरेको यस अघि नै तथ्य खुलेको थियो । यस पटक पक्राउ परेका गोरुपनि पस्चिमका जिल्लाबाट ल्याएर झापा हुँदै तस्करी गर्न ल्याईएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया