धारिलो हतियार प्रहार गरि महिलाको हत्या

काठमाडौँ । बारामा एक महिलाको हत्या भएको छ । जिल्लाको महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको हत्या भएको हो ।

कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार हत्याराको पहिचान खुल्न सकेको छैन । प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर घटनाका अनुसन्धान अघि बढाइएको छ ।

श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या भएको हो । आफू घर फर्किंदा पत्निलाई मृत अवस्थामा फेला पारेको बयान उनले दिएका छन् ।

प्रतिक्रिया