चेल्सी र टोटनह्यामले जिते महत्वपूर्ण खेल
२०७७ माघ २६ गते

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा चेल्सी र टोटनह्याम विजयी भएका छन् ।
चेल्सीले सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा २-१ ले हराएको हो । चेल्सीको जितमा मासन माउन्ट र जर्गिन्होले गोल गर्दा सेफिल्डले एक गोल उपहार पाएको थियो । यो जितसँगै चेल्सी २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा छ ।
यस्तै अर्को खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले वेष्ट ब्रोमलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ह्यारी केन र सन हेङ्ग-मिनले गोल गरे । जितपछि २२ खेलबाट ३६ अंकसहित टोटनह्याम आठौँ स्थानमा छ ।
२०७७ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








