शेयर बजारले २५ सय अँक नाघ्यो, १० अर्ब बढीको कारोबार

काठमाडौँ । नेपालको शेयरबजार परिसूचकले २५ सय विन्दु नाघेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसुचक नेप्से ४८ दशमलव ७४ अँकले बढेपछि परिसुचक २५ सय २४ विन्दुमा पुगेको हो । यो अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु हो ।

तीनवटा बाहेकका सबै उपसमूहमा हरियाली छाएको दिन सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५ सय ७२ अँकले बढेको छ । यस्तै निर्जीवन बीमा समूह ४ सय ९० अँकले उकालो लागेको दिन, लघुवित्त समुह ३ सय ३४ अँकले बढेको छ । यस्तै बाणिज्य समुह झण्डै ८३, जलविद्युत ५९, अन्य समूह ५३ अँकले बढेको छ । तर, बैकिङ समूह भने पौने ४ अँकले घटेको छ ।

आइतबार १० अर्ब  ४४ करोडभन्दा धेरैको कारोबार भएको यो अहिलेसम्मकै धेरै कारोबार हो । यो दिन सवैभन्दा धेरै हिमालय डिस्टिलरीको शेयर ५२ करोडभन्दा बढीको कारोबार भएको छ ।

आइतबार सारथी नेपाल लघुवित्त, निर्धान उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स, नागरिक लगानी कोष, आरएसडीसी लघुवित्त, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, डेप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेकाे छ ।

प्रतिक्रिया