काठमाडौंका सडकमा फाट्टफुट्ट सवारी सञ्चालनमा

काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षले घोषणा गरेको नेपाल बन्दको उपत्यकामा व्यापक प्रभाव देखिएको छ । उपत्यकाका मुख्य सडकमा सवारी आवागमन अत्यन्त न्यून देखिएको छ ।

विभिन्न ठाउँमा ट्राफिकले नै सवारी अघि नबढाउन आग्रह गर्दै सडक बारेको छ । न्यून मात्रामा सार्वजनिक यातायात चलेका छन् । भने दुई पाँग्रे सवारी पनि न्यून मात्रामै चलेका छन् ।

बुधबार राती गृहमन्त्रालयले सबै व्यवसाय तथा यातायात खोल्न भने पनि सर्वासाधारणले सुरक्षाको प्रत्याभूति भएको महसुस नगरेर अधिकांश क्षेत्र ठप्प बनेका छन् ।

काठमाडौेंको कोटेश्वरमा बन्दकर्ताले सडकमै भोज खाइरहेका छन् । भने अन्य विभिन्न चोक र सडकमा कार्यकर्ता पलेटी मारेर बसिरहेका छन् ।

प्रतिक्रिया