‘ओलीले हाम्रो बन्द विफल पार्न प्रहरी दमन बढाए’

 

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वकी नेतृ अष्लक्ष्मी शाक्यले केपी शर्मा ओलीले आफूहरुको हड्ताल विफल पार्न भएसम्मको शक्ति परिचालन गरेको आरोप लगाएकी छन् ।

बिहीबार बिहान आमहड्ताल सफल बनाउन सडकमा निस्किँदा प्रहरी नियन्त्रणमा परेकी नेतृ शाक्यले आफूहरुको आमहड्ताल कुनै पनि हिसाबबाट सफल हुने दाबी पनि गरिन् । ‘केपी ओलीले हाम्रो आन्दोलनलाई असफल पार्नको लागि भएभरको शक्ति परिचालन गरेका छन्’, अहिले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा रहेकी नेतृ शाक्यले मकालु खबरसँग भनिन्, ‘उनले हाम्रो हड्ताल चाहिँ सफल नहोस् भन्ने चाहन्छन् । तर, हाम्रो बन्द शान्तिपूर्ण छ । जुनसुकै हिसाबमा पनि सफल हुन्छ ।’

यस्तै नेतृ शाक्यले ओली निरङ्कुशताको बाटोमा हिँडेको पनि बताएका छन् । लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन जसले पनि गर्न पाउने भन्दै नेतृ शाक्यले भनिन्, ‘ओली निरङ्कुशताको बाटो हिँडे । प्रतिगमनकारी यिनलाई जनताले चिनिसके ।’

नेतृ शाक्यसहित करिब ५० जना बिहान काठमाडौंबाट प्रहरी नियन्त्रणमा रहेका छन् । बन्दहड्ताल सफल बनाउने भन्दै सडकमा निस्किएका उनीहरुलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

दुई जना गम्भीर घाइते
नेतृ शाक्यकी अनुसार दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । कमला गौतम र राजकुमार तामाङ प्रहरीको मिचाइबाट गम्भीर घाइते भएका हुन् ।

 

प्रतिक्रिया