दाहाल–नेपाल समूहद्वारा बिहीबार आमहड्तालको घोषणा

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार (भोलि) आमहड्तालको घोषणा गरेको छ ।

संवैधानिक निकायका पदाधिकारीहरुको जबरजस्ती नियुक्ति गरिएको भन्दै यो समूहले आमहड्ताको घोषणा गरेको हो । समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जन गर्दै भोलि आमहड्ताल गर्ने निर्णय गरेको समूहका नेता लीलामणि पोखरेलले मकालु खबरलाई जानकारी दिए ।

यो समूहको संघर्ष समितिको बैठक अहिले बसिरहेको छ । बैठकपश्चात् समूहले पत्रकार सम्मेलन गर्दैछ । सम्मेलनमार्फत् थप कार्यक्रमबारे जानकारी गराउने समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छन् ।

प्रतिक्रिया