म्यानमारमा सैन्य प्रवेश निन्दनीय : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमार घटनामा विरोध गरेका छन् । नेतृ आन साङ सू चीसहित राष्ट्रपति र शीर्ष नेतालाई सेना नियन्त्रणमा लिएकोमा प्रवक्ता शर्माले विरोध जनाएका हुन् ।

सोमवार एक ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको समेत बताए । उनले निर्वाचनको निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको समेत टिप्पणी गरेका छन् ।

साथै उनले रोहिङ्या सामुदायमाथि भएको व्यवहारलाई पनि सम्झिएका छन् । प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्- ‘निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनिय ! यधपी रोहिङ्या समुदायमाथि सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियो । तर, मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो । हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् या परदेशमा ।’

प्रतिक्रिया