लेभान्टेसँग रियल म्याड्रिड पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको नवौं मिनेटमा रियलका एडर मिलिताओले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रहेको रियलका लागि मारको असेन्सियोले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । तर लेभान्टेले खेलको ३२औं मिनेटमा जोस लुइसको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो ।

त्यसपछि लेभान्टेका लागि खेलको ७८औं मिनेटमा रोजर मार्टिले गोल गर्दै जित दिलाएका थिए । यो हारपछि रियल म्याड्रिड २० खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहेपनि उपाधि जित्ने अभियानमा भने धक्का लागेको छ ।

एटलेटिको १८ खेल खेल्दै ४७ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै लेभान्टे भने यो जितपछि २० खेलमा २६ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया