नेशनल लाईफका सबै सूचक सकारात्मक, खुद नाफा३५ करोड

काठमाडाैँ । नेपालको दोश्रो पूरानो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले प्रिमियम सँकलन झण्डै २५ प्रतिशत बृद्धि गरेको छ । कम्पनीको ३२औं वार्षिक साधारणसभामा  गत वर्षको तुलनामा २४ दशमलव ८६ प्रतिशतले प्रिमियम सँकलन बृद्धि भई ८ अर्ब ५ करोड नाघेको जानकारी दिइएको हो ।

कम्पनीले यो बर्ष कम्पनीले ३५ करोड खुद मुनाफा आर्जन गरेको  छ ।

साधारणसभाले आर्थिक बर्ष २०७५/०७६ का लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ अर्ब ६२ करोड २४ लाख ३ सय ५१ रुपैया नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यससँगै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कुल चुक्ता पुँजी रु. ३ अर्ब ३९ करोड नाघेको छ ।

आर्थिक बर्ष २०७५/०७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७ दशमलव ९४ प्रतिशतले बृद्धि भई २ हजार ६ सय ८१ करोड पुगेको र कम्पनीको बीमाकोष २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्तसम्ममा २६ अर्ब ९२ करोड रुपैया पुगेको जानकारी दिइएको छ । कम्पनीले गएको आर्थिक बर्षमा २ अर्ब ६९ करोड कुल दावी भुक्तानी गरेको पनि जनाएको छ ।

आर्थिक बर्ष २०७५/०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा वोनस दर बढाएको छ ।

प्रतिक्रिया