कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ३ दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिम माघ ११ देखि १४ गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएकाे छ ।

भर्चुअल प्रबिधिबाट संचालन गरिएको तालिममा देशभरबाट ८० जनाको सहभागिता रहेको थियो । अभिकर्ताले आफ्नो योग्यता र प्राप्त ज्ञानका आधारमा कम्पनी र ग्राहकका बीचको सेतुको काम गर्ने विश्वास लिईएको छ ।

तालिमपश्चात् बीमा समितिले निर्देश गरे अनुसार कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा हुने तथा ग्राहकसम्म सहज बीमा सेवा प्रवाह हुने कम्पनीले अपेक्षा गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया