​​​​​​​मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

काठमाडाैं । सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् ।

मनमोहन मेमोरीयल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमती गरेको थियो । उक्त सहमतीको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धर्नामामा बसेर विरोध जनाएका हुन् ।

व्यवस्थापनले आफुहरुको कामको अवमुल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरुको भनाइ छ ।

आफुहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरू बताउँछन् । श्रमिकको माग पुरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखिएको छ ।

प्रतिक्रिया