प्रदेश २ : कानुनमन्त्री यादवले लगाए पहिलाे खाेप

काठमाडाैं । बुधबारबाट सातवटै एकसाथ काेभिड १९ विरुद्धकाे खाेप अभियान सुरू भएकाे छ ।

प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पहिलाे खाेप लगाएका छन् । आज बिहान प्रादेशिक अस्पताल जनकपुरमा मन्त्री यादवले काेभिडकाे खाेप लगाएका हुन् ।

खाेप लगाएपछिकाे प्रतिक्रियामा उनले नागरिकलाई ढुक्क बनाउन आफूले पहिले खोप लगाएको बताए । ‘कोरोनाविरुद्धको खोपले साइड इफेक्ट गर्दैन, याे सुरक्षति छ भन्ने सन्देश दिन मैले पहिलाे खाेप लगाएर अभियानकाे सुरूवात गरेकाे हुँ । सबैले नडराइ खाेप लगाउन म अनुराेध गर्न चाहन्छु’, मन्त्री यादवले भने ।

प्रदेश २ मा वीरगञ्ज र राजविराजमा समेत खोप अभियान सुरु भएको छ । वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियान शुभारम्भ गरेपनि उनीहरूले खाेप भने लगाएनन् ।

प्रतिक्रिया