कोरोना अपडेट : मंगलबार थपिए ३०३ संक्रमित, २८५ जना डिस्चार्ज

काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर थप ३०३ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।

यस्तै आज (मंगलबार) २८५ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज थप ६ संक्रमितकाे मृत्यु भएकाे छ । क्वारेन्टिनमा १२२ जना छन् भने सक्रिय संक्रमित संख्या ३ हजार २५२ रहेकाे छ ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७० हजार ९२ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६४ हजार ८२३ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार १७ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया