मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सानिमाको नयाँ शाखा कुपन्डोलमा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)द्वारा भएको हो ।

उद्घाटन समारोहमा मह जोडीले कुपन्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए ।

प्रतिकृयाहरु
Loading...