मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

ओली नेकपाको साधारण सदस्यबाट पनि निष्काशित

स्पष्टीकरणको कुनै जवाफ नआएपछि यस्तो निर्णय गरियो

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट पनि निष्काशित गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको दाहाल–नेपाल पक्षको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘अध्यक्षबाट हाम्रो पार्टीले पहिल्यै नै हटाइसकेको थियो’, बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि हामीले तपाईँलाई साधारण सदस्यबाट पनि किन नहटाउने भनेर स्पष्टीकरण सोध्यौँ । तर, उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन । त्यसपछि हामीले यो कदम चाल्नुपरेको हो ।’

माघ ५ गते दाहाल–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो । तर, ओलीले कुनै जवाफ दिएका थिएनन् ।

प्रतिकृयाहरु
Loading...