काठमाडाैं आइपुग्याे काेभिडविरूद्धको खोप

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ ।

आज (बिहीबार) बिहान ११ बजेर ४५ मिनेटमा पहिलाे लटकाे १० लाख डाेज खाेप एयर इन्डियाकाे विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । नेपालका लागि भारतीय राजदूत विनयमाेहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खाेप हस्तान्तरण गर्दैछन् ।

अनुदानमा आएको १० लाख डाेज खाेप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । मन्त्रालयका अनुसार विभागबाट जिल्लामा प्रयोगका लागि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने छ । त्यहीँबाट खाेप वितरण हुनेछ ।

हिजाे भारतले नेपाललाई १० लाख डाेज खाेप अनुदानमा उपलब्ध गराउने घाेषणा गरेकाे थियाे । पहिलाे लटकाे खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापक, एम्बुलेन्स चालक लगायत काेभिडविरूद्ध अग्रपंक्तिमा खटिएकाहरूलाई लगाइनेछ ।

प्रतिक्रिया