मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

फुलह्यामलाई हराउँदै म्यानचेष्टर युनाईटेड शीर्ष स्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराती युनाइटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा एडिसन कभानी र पाउल पोग्वाले एक एक गोल गरेका थिए । त्यस्तै फुलह्यामका लागि अडेमोला लुकम्यानले एक गोल गरेका थिए । यो जितपछि युनाइटेडको १९ खेलमा ४० अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै फुलह्यामको भने १८ खेलमा १२ अंक छ र लिगमा १८औ स्थानमा रहेको छ ।

त्यस्तै गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीको १८ खेलमा ३८ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडभन्दा एक खेल कम खेल्दै २ अंकले पछाडी रहेको छ ।

प्रतिकृयाहरु
Loading...