बुधबार थपिए ३१८ संक्रमित, ३८३ जना निकाे हुँदा थप ६ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बुधबार) ३८३ जना संक्रमित निको भएका छन् भने थप ६ जनाकाे मृत्यु भएकाे छ । आज क्वारेन्टिनमा १७२ जना रहेका छन् । सक्रिय संक्रमित संख्या ३ हजार ६९३ रहेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बुधबार काठमाडाैं उपत्यकामा मात्रै १४५ जना संक्रमित थपिएका छन् । काठमाडाैंमा ११६, भक्तपुरमा ३ र ललितपुरमा २६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

आजकाे थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितकाे कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । संक्रमितमध्ये २ लाख ६२ हजार ६४२ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९७५ पुगेको छ ।

प्रतिक्रिया