३४८ मा संक्रमण, ४४१ जना डिस्चार्ज, ४ को मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट ४ जनाकाे मृत्यु भएकाे छ ।

यस्तै ३४८ जनामा काेराेना पुष्टि हुँदा ४४१ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार १९० जना छन् । सक्रिय संक्रमित संख्या ३ हजार ७६४ रहेकाे छ ।

याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या २ लाख ६७ हजार ९९२ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६२ हजार २५९ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९६९ पुगेकाे छ ।

प्रतिक्रिया