एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले एनसेलको सेवा–सुविधाबारे सजिलै जानकारी लिन सक्ने उसले जनाएको छ ।

च्याटबोट सेवा ‘माया’एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनर्कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अघि बढ्न प्रेरित गर्दछ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ । जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासो राख्न सक्छन् ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गतेदेखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरबारे थाहा पाउन र गुनासो राख्न सक्छन् ।

यो नयाँ डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने एनसेलले जाएको छ ।

यी डिजिटल प्लेटफर्ममा उपलब्ध छन् च्याटबोट सेवा ‘माया’–

एनसेलको वेबसाइट
https://www.ncell.axiata.com/
फेसबुक मेसेन्जर
https://m.me/ncell
भाइबर
http://bit.ly/FollowNcellViber
ह्वाट्सएप
https://wa.me/9779802229005

प्रतिक्रिया